दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

ए वान डेस्क
१८ बैशाख २०७५, मंगलवार १३:३७

दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ ।

प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट कार्यालय मङ्गलबार हटाइएको बताइएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाका बिरुद्धमा प्रचार गर्दै आएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो ।

यो क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिण कोरियातर्फका नागरिकलाई जानकारी दिने गरिएको थियो ।

गएको शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ । सम्झौताअनुसार यी दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचार–प्रसार नगर्ने जनाएका थिए । रासस

दुई कोरियाली उच्च नेताहरूबीच भएको यो सम्झौताले कोरियाली प्रायद्वीपमा शान्तिको पहल गर्ने देखिएको छ । यस कार्यालय हटाएपछि उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*