काबुलमा अात्मघाती अाक्रमण, पत्रकारसहित कम्तीमा २५ जनाको ज्यान गयो

ए वान डेस्क
१७ बैशाख २०७५, सोमबार १६:०४

काबुलमा भएको आत्मघाती आक्रमणमा ९ पत्रकारसहित २५ जनाको ज्यान गएको छ ।

आक्रमणको जिम्मा इस्लामि स्टेट ग्रुप आईएसआईएसले लिएको अलजजिराले जनाएको छ । आक्रमणकारीले पहिलो आक्रमण अफगान इन्टिलिजेन्स एजेन्सी र त्यहाँको राष्ट्रिय सुरक्षा परिषदलाई लक्षित गरी पहिलो आत्मघाती आक्रमण गरेका र २० मिनेट पछि आक्रमणकारीले आकस्मिक उद्धारकर्ता तथा पत्रकारहरुलाई लक्षित गरी आक्रमण गरेको अलजजिराले जनाएको छ ।

अलजजिराले अफगान स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै आक्रमणका २५ जनाको ज्यान गएको र ४५ जना घाइते भएको उल्लेख गरेको छ ।

मोटरसाइकलमा आएका व्यक्तीहरुले आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका अाफ्ना मुख्य फोटो पत्रकार शाह मराईको ज्यान गएको समाचार संस्था एएफपीले जनाएकाे छ ।

अफगानकाे एक टेलिभिजन च्यानलले अाफ्ना एक पत्रकारले अाक्रमणामा ज्यान गुमाएकाे जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*