​उत्तर र दक्षिण कोरियाबीच टेलिफोन हटलाइन स्थापना

ए वान डेस्क
७ बैशाख २०७५, शुक्रबार १९:०६

अमेरिका र उत्तर कोरियाको वार्ता हुनुभन्दा केही दिन अगाडि उत्तर कोरिया र दक्षिण कोरियाले टेलिफोन हटलाइन स्थापना गरेका छन्

उत्तर कोरिया र दक्षिण कोरियाका नेताहरुबीच कुराकानी गर्न पहिलो पटक दुई देशका अधिकारीहरुले टेलिफोन हटलाइन स्थापना गरेका हुन् । दशक पछाडि अन्तर कोरियाली सम्मेलनमा उत्तर कोरियाका नेता किम जोन उन र दक्षिण कोरियाका नेता मुन जी इनबीच भेटबार्ता हुँदैछ ।

टेलिफोन हटलाइन स्थापना गरेपछि दुवै देशका नेताले हटाइनको सफल परीक्षण गरेका छन् । अधिकारीहरुका अनुसार फेस टू फेस भेटवार्तभन्दा अगाडि नेता मुन र किम जोन उनले टेलिफोनमा आपसी कुराकानी गर्न चाहेका छन् ।

गएको महिना दक्षिण कोरियाका नेता मुनका सुरक्षा सल्लाहाकारले उत्तर कोरियाको भ्रमण गरेपछि दुवै देशका नेताहरुबीच हटलाइन स्थापना गर्ने सहमति भएको हो । हटलाइन स्थापना गर्दा सुरक्षाको बारेका समेत दुई देशबीच छलफल भएको थियो ।

सन् २००० र २००७ पछि दुई देशबीच तेस्रो पटक अन्तरदेशीय कोरियन सम्मेलन हुँदैछ । उत्तर कोरियाका नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै सम्मेलनमा भेटवार्ता हुने आंकलन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*