दोस्रो माडि महोत्सव २०८१ : आज मिस्टर डि आउदै

चितवनको माडिमा जारी दोस्रो माडि महोत्सव २०८१ मा आज चर्चित र्यापर मिस्टर डि आउने भएका छने । माडि कला केन्द्रको आयोजनामा जारी महोत्सवको तेस्रो दिन आफ्नो प्रस्तुती देखाउन चर्चित र्यापर मिस्टर डि माडि आउने भएका हुन् ।
मिस्टर डिको साथमा लोक गायक गायिकाको लाईभ दोहोरी, डान्सरहरुको प्रस्तुती र स्थानीय कलाकारको समेत बिशेष प्रस्तुती रहने महोत्सव व्यवस्थापक द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लिका अध्यक्ष बिमल खड्गीले जानकारी दिनुभयो ।
बसन्तपुर बजारमा सञ्चालित महोत्सव चैत्र ४ गतेसम्म चल्नेछ । महोत्सवमा १०० वटा व्यवसायिक स्टल रहेका छन् । महोत्सवमा मनोरञ्जनात्मक बाल उद्यान, मुखै रसाउने खानाका बिभिन्न परिकारका स्टल, व्यवसायिक स्टल, कृषि प्रर्दशनीका साथै कलाकारहरुको प्रस्तुती रहेको छ ।