थानीमाई सामुदायिक वन सिमराको १९औं वार्षिक साधारण सभा सम्पन्न

ए वान डेस्क /
बाराको सिमरामा रहेको थानीमाई सामुदायिक वन समूहको १९औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम मधेश प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै भट्राईले सामुदायिक बनको महत्व र स्थानीय आर्थिक विकासमा यसले पु¥याएको योगदानबारे चर्चा गर्दै सामुदायिक वनहरूको सुदृढीकरणका लागि आफनो निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले थानिमाई बनको स्तरउन्नतीको लागी आफ्नो कार्यकालमा बजेट बिनियोजन गरेको बताउदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सामुदायिक वन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहकार्य अझै मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । थानीमाई सामुदायिक वन समूहका अध्यक्ष गोबिन्द अधिकारी बिनोदको अध्यक्षतामा भएको कार्यक्रममा पथलैया सब डिभिजन बन कार्यालयका प्रमुख बिमल ठाकुर, वडा नं.२ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, वडा नं.३ का कार्यबाहक वडा अध्यक्ष माया बि.क., वडा नं.४ का वडा अध्यक्ष भोज बहादुर खत्री, जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोषाध्यक्ष श्याम सुबेदीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । साधारण सभामा वन संरक्षण, स्थानीय समुदायको भूमिका, र वनसम्बन्धी विभिन्न योजनाहरूको समीक्षा गरिनुका साथै आगामी योजना तय गरिएको थियो । समुहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १, २, ३, र ४ का उपभोक्ताहरु आबद्ध छन् ।
बन्द सत्रमा अध्यक्ष अधिकारीको प्रतिबेदन र कोषाध्यक्ष सुबेदिले आर्थिक बर्ष २०८०।०८१ को प्रस्तुत गर्नुभएको आयब्याय अनुमोदन गरिएको थियो । आर्थिक बर्ष २०८१।०८२ को प्रस्ताबित बजेट केहि संशोधन सहित साधारण सभाबाट पारित गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विकास पाण्डेले गर्नुभएको थियो ।