जीतपुरसिमरा १७ मा माघ १४ देखी प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ हुने

ए वान डेस्क
११ माघ २०८१, शुक्रबार १७:१३

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव लाग्ने भएको छ । “राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।

आउदो यही २०८१ माघ १४ गतेदेखी माघ २० गतेसम्म रामनगर स्थित खेल मैदानमा संचालन गरिने उक्त महोत्वसको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्घाटन गर्ने जनाईएको छ ।

विशेषगरी २८६१ औ ल्होसार पर्वको अवसरमा स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्वसको आयोना गर्न लागेका महोत्वसका संयोजक समेत रहेका रामनगर युथ क्लबका अध्यक्ष साजन दोङ्गले जानकारी दिएका छन ।

यसैगरी महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छन भने संरक्षकमा जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नम्बर १७ को वडा कार्यालय रहेको संयोजक दोङ्गले बताएका छन ।

महोत्सवमा आकर्षकमा तामागङ्ग जातिहरुको परम्परागत झाँकीहरु,विभिन्न व्यापारीक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा, बालउद्यान,विभिन्न खानाका परिकारहरु, तामाङ्ग फुडसेस्टीबल समेत राखिने आयोजक कमिटीका कमल थिङ्गले बताएका छन ।

यस्तैगरी महोत्सवको हरेक दिन तामाङ्ग कलाकारहरुको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन एवम् नृत्य प्रस्तुति रहने मिडिया पार्टन साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक सन्तोष पाण्डेले जानकारी गराएका छन ।

महोत्वसमा विशेषगरी मोडल तथा गायकहरु दुर्गेश थापा, ज्योति मगर, उर्गेन दोंङ्ग, मोडल तथा भोजपुरी नायिक प्रिति पासवान,गायक विशाल काल्तान, लोकेन लामा,चर्चित गायिका समिक्षा अधिकारी, जीतु लोप्चन,अनु चौधरी, एलिना चौहान,विन्दु परियार, भोजपुरी चर्चित गायक सुनिल पंडित, चर्चिक गायिका प्रिती आले, सोनु कस्मी लगायतको नृत्य तथा प्रस्तुति रहने सम्पादक पाण्डेले बताएका छन ।

ग्रामिण स्थानहरुमा आयोजन हुने यस्तो महोत्सवले कला,संस्कृति र परम्परालाई जोगाई राख्ने र स्थानीय स्तरका पहिचान तथा गौरब बढाउन मदत पुग्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिमबहादुर गंतानको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*