जिल्ला प्रशासन कार्यालय पर्सामा पहिलो पटक इजलाश कक्ष स्थापना

ए वान डेस्क
१० माघ २०८१, बिहीबार १५:१०

वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा पहिलो पटक इजलाश कक्षको स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अग्रसरता र पहलमा जिल्ला प्रशासन कार्यालयमा बुधबारदेखि इजलाश कक्ष स्थापना गरीसञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयले हर्ने अभद्र व्यवहार, जुवा ऐन अन्तर्गतका मुद्धाहरुको बहश,पैरवी र फैसला गर्नका लागि कार्यालय भवनमै इजलास कक्ष स्थापना गरेर सञ्चालनमा ल्याइएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयको मुद्धा फाँट छेउको कोठामा स्थापना गरिएको उक्त इजलास कक्षको प्रजिअ अर्यालले नै विधिवत रुपमा उद्घाटन गरेका थिए ।

हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा छुट्टै इजलास कक्ष अनिवार्य हुनुपर्छ । तर पर्साको जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म इजलाश कक्ष नै थिएन ।
जसका कारण जिल्ला प्रशासन कार्यालयले हेर्ने अभद्र व्यवहार,जुवा ऐन अन्तर्गत लगायतका मुद्धाहरुको बहश ,पैरवी,फैसला लगायतको न्याय सम्पादनमा असहजता हुने गरेको थियो ।

त्यसैलाई मध्यनजर गरेर नै बुधबारदेखि कार्यालय भवनकै एक कोठामा इजलाश कक्षस्थापना गरेर सञ्चालनमा ल्याइएको प्रजिअ अर्यालले बताए । अब इजलाश कक्ष भएपछि भने निष्पक्ष न्याय सम्पादनमा धेरै नै सहजता हुन्छ । साथै प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लिएर आउने थुनुवाहरुको गोपनियतापनि कायम हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*