निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना

ए वान डेस्क
९ माघ २०८१, बुधबार १३:४७

दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

४५ औं दिनसम्म सडकबाट उठाएको दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै अभियन्ताहरुले बुधबार निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘दलितलाई खै’ भन्ने प्रश्न लेखिएका प्लेकार्ड बोकेका थिए ।

संविधानमा दलितका हक अधिकारको व्यवस्था भए पनि सरकारले कार्यान्वयन नगरेको भन्दै अभियन्ताहरुले ‘दलितलाई खै’ लेखिएको प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आएका छन् ।

मन्त्रिपरिषद् गठन र राजनीतिक नियुक्ति असमावेशी भएको, जातीय भेदभाव तथा छुवाछूत निर्मूल गर्न नीति, कार्यक्रम र बजेट समेत नभएको अभियन्ताहरुको गुनासो छ ।
आफ्ना माग सम्बोधनका लागि खगेन्द्र सुनारसहितका युवाहरुले यसअघि माइतीघर मण्डलामा फलामे साङ्लोसहित प्रदर्शन गरेका थिए । उनीहरुले आज काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*