म पारदर्शी रुपमा काम गर्नेछु : वडा अध्यक्ष ‘कान्छा’

ए वान डेस्क
१४ फाल्गुन २०७४, सोमबार १५:०१

ए वान डेस्क /

वडा नम्बर १
अध्यक्ष, हिराबहादुर गुरुङ्ग ‘कान्छा’

वडा नम्बर १ को गतिविधि के छ ?

वडाबाट सेवाग्राहीलाई सेवा दिने काम भईरहेको छ । सेवाग्राहीले भनेको समयमा मैले सेवा पनि दिईरहेको छु । वडाको लागी नगरसभाबाट बिभिन्न योजनाहरु परेका छन् । सोही योजना अनुरुप उपभोक्ता समिति गठन गरेर काम शुरु गर्ने तयारीमा लागेका छौ ।

वडा नम्बर १ लाई कस्तो बनाउने सोच बनाउनु भएको छ ?

मैले भोट माग्दा पनि भनेको थिए किन म यो वडालाई नमुना बनाउछु भनेर । बिभिन्न किशिमले म यो वडालाई नमुना बनाउन अग्रसर छु । म पथलैया खानेपानीको अध्यक्ष हुदापनि जनताको निम्ति धेरै काम गरे । त्यसकारण म यो वडामा पनि धेरै काम गर्ने सोचमा छु । तर यसको लागी सबैको साथ चाहिन्छ ।

तपाईले चुनावी एजेण्डा बनाउनुभएको सुकुम्वासी समस्या समाधान गर्नको लागी कस्तो पहल गर्दे हुनुहुन्छ ?

यसको लागी मैले शुरुदेखि नै आवाज उठाउदै आएको छु । अहिले सुकुम्वासी समस्या समाधान गर्न मुल कमिटि गठन भएको छ । सुन्दर सुनारको संयोजकत्वमा गठन भएको कमिटिले अब छिट्टै काम गर्नेछ । म यो कमिटिमा सदस्यकोले पनि म मेरो वडाको सुकुम्वासी समस्या समाधान गर्नको लागी पहल गर्नेछु । तर यो समस्या मेरो वडामा मात्र होईन् सबै वडामा छ ।

चैत्र मसान्तभित्र वडा नम्बर १ खुल्ला दिशामुक्त होला त ? समस्या र चुनौतीहरु के के छन् ?

पहिला यो वडामा धेरै समस्या थियो । यहा बढि जसो सुकुम्वासी समस्या भएका कारणपनि धेरै समस्या शौचालय बनाउन निकै समस्या देखिएको थियो । तर अहिले ति सबै समस्याको लगभग समाधान भईसकेको छ । वडा नम्बर १ मा अब ४–५ वटा मात्र शौचालय बनाउन बाकी छ । मलाई बिश्वास छ, चैत्र मसान्तभित्र वडा नम्बर १ खुल्ला दिशामुक्त हुनेछ ।

अन्त्यमा आफ्ना वडावासीलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा म वडावासीलाई विकास निमार्णको काममा सहयोग गर्न आग्रह गर्दछु । तपाईहरुकै साथ र सहयोगले विकासको काम हुने हो, त्यसकारण सबैले हातमा हात अनि साथमा साथ दिनुपर्छ । अबको चार बर्षमा म यो वडामा विकास निमार्णको काम दृढताका साथ गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*