भारतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई २ लाख ५० हजार सहयोग

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०७:०३

भारतमा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नका लागि भन्दै यस्तो विवाह गर्ने जोडीलाई साढे २ लाख रुपैयाँ नगद सहायता दिने योजना सुरु गरिएको छ ।
सन् २०१३ देखि नै यो योजना सुरु गरिए पनि दलित अन्तरजातीय विवाह गरेका दम्पत्तीको वार्षिक आयको सीमा ५ लाखभन्दा तल हुनुपर्ने उल्लेख थियो ।
अब वार्षिक आयको सीमा घटाएर दलित अन्तरजातीय विवाह गर्ने जोडीलाई सहायता रकम दिने योजना अघि सारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एक वर्षमा कम्तीमा ५ सय जोडीको विवाह गराउने लक्ष्य राखिएको छ भने यस्ता विवाह गर्ने जोडीको पहिलो विवाह हुनुपर्ने प्रावधान राखिएको छ ।
सन् २०१५ जम्मा ५ जनाले मात्र यस्तो सहायता पाएका छन् । भारतमा दलित समुदायमाथि हुने भेदभाव कम गर्न साथै उनीहरुलाई सक्षम बनाउन आर्थिक सहायता दिने योजना प्रभावकारी बनाउन लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*