‘उपभोक्ताले बन समुह वा समितिबाट धेरै फाईदा लिन सक्छन्’

ए वान डेस्क /
सिमराका राम अधिकारी बन संरक्षणको पाटामो लागेको १२ बर्ष पुग्यो । शुरु–शुरुमा उपभोक्ताहरुलाई बन संरक्षणबारे घर–घरमै पुगेर उनी सम्झाउथे । बिस्तारै उपभोक्ताहरु पनि सजक हुन थाले ।
अहिले उपभोक्ताहरुपनि बन समुह वा समितिप्रति चिन्तित देखिन थालेका छन् । उपभोक्ताले बन समुह वा समितिबाट कस्तो फाईदा लिन सक्छन् ? भन्ने बिषयमा हामीले १२ बर्षे अनुभव बटुलेका अधिकारीसंग कुराकानी गरेका छौ ।
अधिकारी जनहित बन उपभोक्ता समिति अन्र्तगतको चोरी सिकार नियन्त्रण युवा जागरण उप–समितिका सचिव र मध्यवर्ती क्षेत्र व्यवस्थान समितिका कार्यालय सचिव हुन् ।
चोरी सिकार नियन्त्रण युवा जागरण उप–समितिको काम के हो ?
जनहित उपभोक्ता समिति अन्र्तगतको यो उप–समितिले बिशेष गरी बन र बन्यजन्तु संरक्षणको पाटोमा काम गर्छ । त्यसबाहेक पर्यापर्यटनको लागीपनि हामी काम गर्दे आएका छौ । यसमा सबैजसो युवाहरु छन् ।
तर यो उप–समितिको गतिविधि त शुन्य जस्तै छन् नि ?
त्यस्तो छैन् । पहिला हामी गस्तिमा मात्र सिमित थियौ । तर अहिले धेरै काम भएका छन् ।
त्यस्तो के सफल्ता मिलेको छ ?
हामीले थुप्रै पटक काचो दाउरा, अनियन्त्रित ढुंगा गिट्टिा बालुवा नियन्त्रणमा लिएका छौ । जनचेतना कार्यक्रम चलाईरहेका छौ । बिभिन्न सामुदायीक बन समुह मार्फत बन संरक्षण गर्नुपर्छ भन्ने चेतना फैलाईरहेका हुन्छौ ।
तपाई बन संरक्षणको पाटोमा लाग्नुभएको १२ बर्ष भैसक्यो, उपभोक्ताहरु बन संरक्षणको पाटोमा कत्तिको चिन्तित भएको पाउनुहुन्छ ?
जनहित बन उपभोक्ता समिति गठन हुदा शुरु–शुरुमा उपभोक्ताहरुले त्यति चासो दिएको मैले पाईन् । बिस्तारै–बिस्तारै बन संरक्षण गर्नुपर्छ भन्ने सबैलाई लाग्न थाल्यो । हामीले पनि संरक्षणको कुरा बुझाउनुपर्छ भनेर ठान्यौ र बिभिन्न समयमा बुझायौपनि । अनि आर्यआर्जनको बारेमा पनि उनीहरुले बिस्तारै बुझ्न थाले । अहिलेका उपभोक्ता निकै सजक छन् । पहिला–पहिलो काचो दाउरा ल्याउने उनीहरु अहिले पर्यापर्यटन ल्याउनुपर्छ भनेर सुकेका दाउरा लैजाने गरेका छन् ।
उपभोक्ताले बन समुह वा समितिबाट कस्तो फाईदा लिन सक्छन् ?
राम्रो प्रश्न गर्नुभयो । उपभोक्ताहरुले समुह वा समितिबाट राम्रो फाईदा लिन सक्छन् । बन संरक्षण भएपछि आर्यआर्जनका कार्यक्रम सञ्चालन हुन्छन् । त्यसमाथि हाम्रो आफ्नै सहकारी छ त्यस सहकारीमा बिना धितो लगानी गर्ने अवसरपनि हामी दिन्छौ । उपभोक्ता समितिमार्फत बिभिन्न कार्यक्रम सञ्चालन गर्नेछौ । केही समयअघि हामीले महिलाहरुलाई ड्राईभिङ्ग तालिम दिएका थियौ । त्यो कार्यक्रमपनि निकै प्रभावकारी देखियो । यो, त्यो फाईदा भन्दापनि उपभोक्ताले जिवनस्तर सुधारका निम्ति थुप्रै फाईदा लिन सक्नेछन् ।
समुदायको जिवनस्तर उकास्न सामुदायीक बन समुहले कस्तो भुमिका निर्वाह गरेका छन् ?
मैले अघिपनि भने म बन संरक्षणको क्षेत्रमा लागेको १२ बर्ष भयो । जनहित बन उपभोक्ता समिति अन्र्तगतका सामुदायीक बन समुहले समुदायको जिवनस्तरमा परिवर्तन ल्याउत कुनै कसर बाकी राखेका छैनन् । त्यसमाथी अहिलेका उपभोक्ताहरु संरक्षण गर्नुपर्छ भन्ने बुझाईका छन् । अनि समुहहरुले पनि यहाका उपभोक्ताको जिविकोपार्जन गर्नुपर्छ भनेर लागेको मैले पाएको छु ।
अन्त्यमा बन संरक्षणबारे के भन्नुहुन्छ ?
अन्त्यमा सबै सामुदायीक बन समुहका उपभोक्तालाई गंभिर भएर बन संरक्षणमा लाग्नुहोस्, आफ्नै सम्पती जस्तै मानेर बनको संरक्षण गर्नुहोस् भन्न चाहन्छु ।