मूल्य अभिवृद्धि कर ‘भ्याट’ भनेको के हो ? भ्याट बारे जान्नैपर्ने केही कुरा

मूल्य अभिवृद्धि कर भ्याट भनेको के हो ?
मूल्य अभिवृद्धि कर भ्याट वस्तु र सेवाको उपभोगमा लाग्ने अप्रत्यक्ष कर हो । करयोग्य वस्तु
तथा सेवाको उत्पादन, पैठारी तथा वितरणका विभिन्न तह र चरणहरुमा हुने मूल्य
अभिवृद्धिको तहमा लाग्ने कर भएकाले नै यसलाई मूल्य अभिवृद्धि कर भनिएको हो ।
क–कसले भ्याट मा दर्ता गर्नु पर्दछ ?
सामान्यतया विगत १२ महिनामा वस्तुको हकमा रु. पचास लाख, वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा रु. बीस लाखभन्दा बढीको मू.अ. कर लाग्ने वस्तु वा सेवाको कारोबारमा संलग्न व्यक्तिले दर्ता हुनु पर्दछ ।
भ्याट दर्ता गर्न के के कागजात चाहिन्छ ?
स्थायी लेखा नम्बर लिई सकेको छ भने दरखास्त मात्र ।
स्थायी लेखा नम्बर प्यान प्राप्त गरेको छैन भने
दरखास्त (नियमावलीको अनुसूची १)
तस्वीर २ प्रति (व्यक्तिगत फर्म भए)
व्यवसाय दर्ता प्रमाणपत्र
नागरिकताको प्रति (प्रा.लि.÷निकाय भए संचालकहरुको, ,साझेदारी भए सबै साझेदारहरुको ।
व्यवसाय गर्ने स्थलको नक्सा
आफ्नो घरमा भए जग्गाधनी पूर्जा, अर्काको घरमा भए घरधनीसंग गरेको घर बहाल सम्झौतापत्र ।
कम्पनीको हकमा प्रबन्धपत्र÷नियमावली
कम्पनीको अधिकारनामा
व्यवसाय दर्ता प्रमाणपत्र भनेको कहा दर्ता गरेको प्रमाणपत्र हो ?
उद्योगको हकमा उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभाग
कम्पनीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालय
वाणिज्य व्यापारको हकमा वाणिज्य विभाग
सेवा प्रदायकको हकमा नियमन गर्ने निकायबाट प्राप्त अनुमतिपत्र, जस्तैः चार्टर्ड
एकाउन्टेन्ट संस्था, नेपाल मेडिकल काउन्सिल, नेपाल बार एसोसियसन आदि)
साना व्यवसायीको हकमा स्थानीय निकायमा दर्ता भएको प्रमाणपत्र
भ्याटमा दर्ता गर्न कति दस्तुर तिर्नु पर्छ ?
दस्तुर तिनु पर्दैन ।
के सामाजिक संघ संस्था, गैह्रसरकारी (एनजिओ) र अन्न्तराष्टिय गै्रह्र सरकारी संस्थ्ँँ (आईएनजिओ ) ले पनि भ्याटमा दर्ता गर्नु पर्दछ ?
थ्रेसहोल्ड भन्दा बढीको कर भ्याट लाग्ने वस्तु तथा सेवाको कारोबार गर्ने सामाजिक संघ संस्था, एनजिओ र आईएनजिओ ले पनि दर्ता गर्नु पर्दछ ।
भ्याट दर्ता भए पछि कुनकुन सूचना, कागजात तथा विवरणहरूको अभिलेख अनिवार्य रुपमा रुपमा
राख्नु पर्दछ ?
दर्ता भएको व्यक्तिले देहायका सूचना,कागजात तथा विवरणहरूको अभिलेख राख्नु पर्नेछ
व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख ।
आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू ।
आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू ।
आफूले गरेको आयात र निर्यातसंग सम्बन्धित सम्पूर्ण कागजातहरू ।
आफूले खरीद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने
सम्पूर्ण डेविट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू ।
अनुसूची–७, अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरीद बिक्री तथा
मूल्य अभिवृद्धि .कर लेखा खाताहरू ।
खाता कहिले कहिले प्रमाणित गर्नु पर्दछ ?
आर्थिक वर्ष समाप्त भएको मितिले २५ दिन भित्र अर्थात साउन २५ गते भित्र ।
खाता प्रमाणित नगरि प्रयोग गरेमा के हुन्छ ?.
ऐनको दफा २९(१) बमोजिम दश हजार रुपैया जरिवाना हुन्छ ।
भ्याट प्रयोजनका लागि प्रमाणित गरिएको खाता कति वर्षसम्म सुरक्षित राख्नु पर्दछ ?
६ वर्ष सम्म सुरक्षित राख्नु पर्दछ ।
भ्याट नम्बर र प्यान नम्बरमा के फरक छ ।
भ्याट नम्बर र प्यान नम्बर भनेको फरक फरक नम्बर होइन । प्यान नम्बर लिदा भ्याट समेत दर्ता गर्न चाहेको अवस्थामा करदाता भ्याटमा समेत दर्ता हुन्छ। प्यानमा दर्ता भएको कुनै व्यक्ति भ्याटमा दर्ता भएमा, उसको सो प्यान नम्बर नै भ्याट नम्बर हुन्छ ।
भ्याटमा दर्ता हुन नपर्ने कारोवार
आधारभूत कृषि उत्पादन एवम् अत्यावश्यक वस्तुमा, कर असुलीमा सिर्जना हुने प्रशासनिक जटिलता, असुलीको लगत बढी हुने किसिमका वस्तु तथा सेवामा कर छुट हुने व्यवस्था गरिएको छ।
समग्रमा निम्न वस्तु तथा सेवाहरुमा कर छुट गरिएको छ .
समूह १ आधारभूत कृषि उत्पादनहरू ९जस्तैः धान, गहूँ)
समूह २ आधारभूत आवश्यकताका वस्तुहरू ९जस्तैः धारा तथा टेङ्करबाट खुला रुपमा आपूर्ति हुने पिउने पानी०
समूह ३ जीवजन्तु तथा सोको उपज ९जस्तैः खसी, बोका)
समूह ४ कृषि सामग्रीहरू ९जस्तैः मल, कृषिऔजारहरु)
समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरू ९जस्तैःअक्सिजन ग्याँस, मानव औषधीका भ्यानहरु)
समूह ६ शिक्षा ९ विद्यालय तथा विश्व विद्यालयहरुले प्रदान गर्ने शिक्षण सेवा ०
समूह ७ किताब, अखवार र मुद्रित सामग्रीहरू (जस्तै पुस्तक, पत्रपत्रिका)
समूह ८ सांस्कृतिक, कलात्मक र कालीगढी सेवा (जस्तै चित्रकला, मूर्तिकला, वास्तुकला)
समूह ९ यात्रुबाहक यातायात तथा ढुवानी सेवाहरू
समूह १० व्यावसायिक वा पेशागत सेवा ९जस्तै( कलाकार, खेलाडी, लेखक)
समूह ११ अन्य वस्तु तथा सेवा ९जस्तै( नेपाल सरकारबाट संचालित हुलाक सेवा, वित्तियसेवा, बीमासेवा, सुन, चाँदी)
समूह १२ भबन तथा जग्गा ९घर तथा जग्गाको खरीद बिक्री तथा बहाल०
समूह १३ बाजी, क्यासिनो र चिठ्ठा
मूल्य अभिबृद्धि कर ऐनको अनुसूची १ मा सो वस्तु तथा सेवाको सूची दिइएको छ ।
भ्याट विवरण कहिले बुझाउनु पर्दछ ?
कर अवधि समाप्त भएको २५ दिन भित्र सम्वन्धित आन्तरिक राजस्व कार्यालयमा वा करदाता
सेवा कार्यालयहरुमा ।
कुन समयमा भ्याट बीजक जारी गर्नु पर्दछ ?
वस्तुको आपूर्तिको हकमा क्रेताले बिक्रेताको कारोवार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको समय वा वस्तुको प्रतिफल प्राप्त गरेको समय,जुन पहिला हुन्छ,सोही समयमा ।
सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत वा सेवा को प्रतिफल प्राप्त गरेको समय,जुन पहिला हुन्छ,सोही समयमा ।
करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एक भन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नु पर्ने भनेर उल्लेख गरिएको दिन मध्ये जुन पहिले हुन्छ सो समय
मूल्य अभिवृद्धि .कर रकम कहँ बुझाउनु पर्दछ ?
कर रकम बुझाउन तोकिएका बैकहरू र निश्चित सीमा भन्दा कम रकमको हकमा आन्तरिक राजस्व कार्यालयहरूमा ।
कर रकम बुझाउने राजस्व खाताहरू कुनकुन हुन ?
राजस्व शीर्षक राजस्व शीर्षक
उत्पादक ११४११
विक्री वितरक ११४१३
सेवा प्रदायक ११४१४
पर्यटन व्यवसायी ११४१५
अन्य ११४१६
विवरण बुझाएन भने के हुन्छ ?
विवरण अनुसार लाग्ने करको प्रतिदिन ०.०५ प्रतिशत वा रु.१००० (जुन बढी हुन्छ) प्रति कर
अवधि जरिवाना लाग्दछ ।
भ्याट को दर कति हो ?
१३ प्रतिशत ।
भ्याट गणना कसरी गरिन्छ ?
करको दर १३ प्रतिशत
त्यस चरण बिक्री मूल्य (क) बिक्रीमा संकलन गरिने कर (ख) खरिदरपैठारी मूल्य (ग) खरिदरपैठारीमा तिरेको कर (घ) मूल्य अभिबृद्धि कर दायित्व (ख–घ)
उत्पादक रु २००।– रु २६।– रु ०। ०० रु ०।०० रु २६।–
थोक बिक्रेता रु ३००।– रु ३९। रु २००।– रु २६।– रु १३।–
खुद्रा बिक्रेता रु ४००।– रु ५२।– रु ३००।– रु ३९।– रु १३। –
उपभोक्ताले तिर्नु पर्ने र सरकारले प्राप्त गर्ने मू.अ. कर रु ५२।–
सरकारी कार्यालयसग कारोबार गर्न भ्याट दर्ता गर्नु पर्दछ ?
सरकारी कार्यालयले देहायको अवस्थामा मूल्य अभिवृद्घि कर दर्ता प्रमाणपत्र प्राप्त नगरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट खरिद गर्न सकिनेछ
बीस हजार रूपैयाँभन्दा कम रकमको मालसामान खरिद गर्दा वा निर्माण कार्य गराउदा,
मूल्य अभिवृद्घि कर नलाग्ने मालसामान परामर्श सेवा वा अन्य सेवा खरिद गर्दा,
घर भाडामा लिनु पर्दा, र उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई निर्माण कार्य गराउनु पर्दा ।
कुन कुन अवस्थामा भ्याट दर्ता खारेज गर्न पाइन्छ ?
दर्ता खारेजी गर्न सक्ने अवस्थाहरू देहाय वमोजिम छन
संगठित संस्था भए त्यस्तो संगठित संस्था वन्द, विक्री वा हस्तान्तरण भएमा
वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा ।
व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा,
साझेदारी संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा
दर्ता भएको व्यक्तिको कानूनी हैसियत परिवर्तन भएमा
दर्ता भएका व्यक्तिले कर लाग्ने कारोबार गर्न छाडेमा,
कर नलाग्ने हद थेस्रहोल्ड भन्दा बढीको कारोबार गरिरहेकोमा सो हदसम्म वा सोभन्दा कमको कारोबार गर्न थालेमा
मिसम्याच केहो ?
आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबारगर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ। अनुसुची १३ मा तपाईंले बार्षिक १ लाख भन्दा (एकैवापटक र पटकगरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिदवाबिक्री) गरेका पार्टी र बर्षान्तमा कसै सँग लाख रुपैयाँ भन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ । कारोबार गरेका दुबैपक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ।
मिसम्याचले कर दायित्व सिर्जना गर्छ ।
मिसम्याचले कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन । तर, कर कार्यालयले तपाईंले पेश गरेको विवरण सहि छ कि छैन भनेर छुट्याउन प्रयोग गर्ने मुख्य अस्त्र मिसम्याच नै हो । जस्तो तपाईंले कुनै पार्टीबाट बर्षभरिमा लाख रुपैयाँ बराबरको खरिद गरेको विवरण अनुसुची १३भर्नुभयो । तर, उक्त पार्टीले तपाईंलाई त्यस अनुरुप बिक्रि गरे भने विवरण नदेखाएमा मिसम्याच हुन जान्छ।
यहाँ दुई किसिमको जोखिम हुन्छ। एकबिक्रेताले बिक्री लुकाएको हुन सक्छ यात तपाइँले नै नभएको खरिद देखाएर नाफा घटाउनु भयो। यसमा थप अनुसन्धान गरि गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गर्ने प्रावधान छ। त्यसकारणले तपाईंले भरेको विवरण सहि छ भने मिसम्याचले अतिरिक्त कर दायित्व सिर्जना गर्छनै भन्ने हुदैन । तर, अनुसन्धान गर्दा तपाईंको त्रुटी फेला पर्यो भने जरिवाना सहित कर तिर्नुपर्ने अवस्था आउँछ।
मिसम्याचबाट कसरी बच्ने ?
मिसम्याचबाट बच्न तपाईंले आर्थिक बर्ष सकिएपछि सबै पार्टीबाट कारोबारको समर्थन पत्र (कन्फरमेसन लेटर) लिन सक्नु हुन्छ। जसबाट तपाईंले बितेको बर्ष हरेक पार्टीसँग कतिको कारोबार भयो र बर्षान्तमा लिनु र दिनु कति छ भन्ने विवरण अद्यावधिक गर्न सक्नुहुन्छ । त्यसको आधारमा तपाईंले आफ्नो कारोबारमा कुनै हिसाब राख्न गल्ति भए सच्याउन समेत सक्नुहुन्छ ।त्यसपछि अनुसुची १३ भर्दा सोहि सच्चाएको विवरण हाले मिसम्याच पर्ने सम्भावना एकदमै कन्फूजन हुन्छ।
लेखक एस. के. भट्ट् एण्ड एशोसिएट र्फमका सञ्चालक हुन् ।