भारतमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या २ लाख १८ हजार नाघ्यो, निको हुने कति ?

ए वान डेस्क
२० बैशाख २०७८, सोमबार १०:४२

वर्ल्डो मिटरको आँकडा अनुसार भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।

बितेको २४ घण्टामा थप ३ हजार ४२२ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या २ लाख १८ हजार नाघेको हो ।

त्यस्तै २४ घण्टामा ३ लाख ७० हजार बढी संक्रमित थपिएसँग संक्रमितको कूल संख्या एक करोड ९९ लाख १९ हजार पुगेको छ । यसैगरी, २४ घण्टाको अवधिमा २ लाख ९९ हजार ९६६ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या एक करोड ६२ लाख ८१ हजार पुगेको छ ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ४७ लाख ५४ हजार नाघेको छ भने ४ लाख ७ हजार ७७५ संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*