दोस्रो भेट्रान कप २०७७ आजदेखि
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा आजदेखि दोस्रो भेट्रान कप २०७७ शुरु हुदैछ । वडा नम्बर २ को गैरी टोल खेल मैदानमा हुन लागेको प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।
पहिलो दिन आज हाम्रो फुटबल क्लब विरगञ्ज र मकवानपुर भेट्रान मकवानपुरबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । दुई टिमबिचको खेल दिउसो २ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगितामा हाम्रो फुटबल क्लब विरगञ्ज, मकवानपुर भेट्रान मकवानपुर, बिरगञ्ज युथ एकेडेमी भेट्रान, बकुलिया भेट्रान, सिमरा भेट्रान, कोल्हवी भेट्रान, हेटौडा फुटसल भेट्रान, भेट्रानसिटि भेट्रान विरगञ्ज, जैतापुर भेट्रान, विकाशशील भेट्रान, डुमरवाना भेट्रान र आयोजक हुलास फुटबल क्लबले सहभागिता जनाउने संयोजक बोम्जनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया नगद पाउनेछ ।
प्रतियोगितामा प्र्रत्यक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो ।