अमेरिकामा कोरोनाको प्रकोप : एकैदिन १३ सय बढीको मृत्यु, १० लाख नाघे संक्रमित

वैश्विक महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म २ लाख ११ हजार ६०९ जनाको ज्यान गएको छ भने ३० लाख ६४ हजार ८३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ५६ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ९ लाख २२ हजार ३९७ जना उपचार पछि निको भएका छन् ।
यसैबीच कोरोनाको महामारीबाट अत्याधिका प्रताडित देश अमेरिकामा अहिलेसम्म ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने १० लाख १० हजार ५०७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ६ जनाको ज्यान गईसकेको छ भने आजै त्यहाँ १५१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ १४ हजार १८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको अत्याधिक प्रभावित शहर न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २२ हजार ६२३ जनाको ज्यान गएको छ भने त्यहाँ २ लाख ९८ हजार ४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा अहिलेसम्म ६ हजार ४४ जनाले ज्यान गुमाएका छन् भने १ लाख ११ हजार १८८ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा सोमवार मात्र २३ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन् भने सोमवार नै १ हजार ३८४ जनाको ज्यान गएको छ ।