भारतमा फैलिँदै कोरोना : एकै दिन ५८ को मृत्यु, १५ सय बढी सक्रमित

ए वान डेस्क
१६ बैशाख २०७७, मंगलवार ०९:३५

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ।

सोमबार मात्रै कोरोना संक्रमणबाट भारतमा ५८ जनाले ज्यान गुमाएका छन्। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३९ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

त्यहाँ संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ। भारतमा सोमबार मात्रै १५ हजार ६१ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

कोरोनाले आक्रान्त युरोपका विभिन्न मुलुक र अमेरिकामा यसको संक्रमणदरमा कमी आउँदै गए पनि भारतमा भने संक्रमण फैलिँदै गएको छ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ। त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ। गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*