यी तीन देशमा तीब्र रुपमा फैलियो कोरोना भाइरस

ए वान डेस्क
३० फाल्गुन २०७६, शुक्रबार ०९:२३

जर्मनीमा २७४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकदिनमा नै ७७९ जनामा यो भाइरस देखिएको यो पहिलो घटना हो । त्यस्तै भाइरसका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय जर्मनीमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटका अनुसार सबैभन्दा बढी पश्चिमी जर्मनीको वेस्टफालियामा संक्रमण देखिएको छ । यही अवस्था रहे जर्मनीमा ठुलो संकट आउने अनुमान गरिएको छ ।

त्यस्तै स्पेनमा संक्रमितहरुको संख्या ३१४७ जना भाइरसबाट संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भएको छ । एक दिनमा नै स्पेनमा ८६९ जना संक्रमितहरु फेला परेका छन् । यो स्पेनका लागि पनि पहिलो घटना हो ।

कोरोना भाइरसका कारण फ्रान्समा हालसम्म ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २८७६ जनाभन्दा बढी संक्रमित भएका छन् ।

सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस विश्वभर १ सय २७ वटा मुलुकमा फैलिइसकेको छ । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ३४ हजार नाघिसकेको छ । त्यस्तै चार हजार ९७३ जना भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*