कोरोना भाइरसबाट १ लाख २६ हजार संक्रमित, ४६ सयको मृत्यु

ए वान डेस्क
२९ फाल्गुन २०७६, बिहीबार १४:०९

कोरोना भाइरस ‘कोभिड–१९’ का कारण बिहीबारसम्म विश्वभर ४ हजार ६३६ जनाको मृत्यु भइसकेको छ ।

दैनिक कोरोना संक्रमित बढ्दै जाँदा मृतकको संख्या बढ्दै गएको हो । हालसम्म १ लाख २६ हजार ४८३ जना कोरोनाबाट संक्रमित भेटिएका छन् ।

यस्तै कोरोनाको उपचारपछि हालसम्म ६८ हजार ३१४ जना स्वस्थ बनेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोनाबाट प्रभावित प्रमुख राष्ट्रहरु

१. चीनः ८० हजार ७९६ संक्रमित, ३ हजार १६९ को मृत्यु, ६२ हजार ८०९ उपचारपछि स्वस्थ्य

२. इटलीः १२ हजार ४६२ संक्रमित, ८२७ को मृत्यु, १ हजार ४५ उपचारपछि स्वस्थ्य

३. इरानः ९ हजार संक्रमित, ३५४ को मृत्यु, २ हजार ९५९ उपचारपछि स्वस्थ

४. दक्षिण कोरियाः ७ हजार ८६९ संक्रमित, ६६ को मृत्यु, ३३३ उपचारपछि स्वस्थ

५. फ्रान्सः २ हजार २८१ संक्रमित, ४८ को मृत्यु, १२ उपचारपछि स्वस्थ

६. स्पेनः २ हजार २७७ संक्रमित, ५५ को मृत्यु, १८३ उपचारपछि स्वस्थ

७. जर्मनीः १ हजार ९६६ संक्रमित, ३ को मृत्यु, २५ उपचारपछि स्वस्थ

८. अमेरिकाः १ हजार ३३६ संक्रमित, ३८ को मृत्यु, १५ उपचारपछि स्वस्थ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*