कश्मीरमा डरलाग्दो दुर्घटना, मिनीबस खोंचमा खस्दा ३४ को मृत्यु

ए वान डेस्क
१६ असार २०७६, सोमबार १५:००

भारतको जम्मु-कश्मीरमा सोमवार बिहान डरलाग्दो सवारी दुर्घटना भएको छ। यात्रुले खचाखच भरिएको एउटा मिनीबस खोंचमा गएर बजारिँदा कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ। यो दुर्घटनामा ३४ जना मारिँदा अन्य कयौँ घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। यो दर्दनाक दुर्घटना जम्मु कश्मीरको किश्तवाडमा भएको हो।

सिरगवारी केशवन इलाकामा एक मिनी बस गहिरो खोचमा खसेको हो। मिनी बसमा क्षमता भन्दा धेरै यात्री सवार थिए। दुर्घटनापछि यात्रुको चित्कार सुनिएको थियो। समाचार अनुसार जेके-१७-६७८७ नम्बरको मिनी बस पल्टिएको हो। मिनी बस यात्रुलाई लिएर केशवनबाट किश्तवाडतर्फ गइरहेको थियो। करिब पौने ८ बजे मिनी बस पल्टिएको हो ।

स्थानीयबासी, पुलिस, प्रशासनका अधिकारी घटनास्थलमा पुगेर उद्धार अभियान चलाएका छन्। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। मृतकको संख्या अझै बढ्ने जनाइएको छ। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*