श्रीमती र छोराछोरीको हत्यापछि डाक्टरले गरे आत्महत्या

भारतमा एक डाक्टरले आफ्नी श्रीमती, एक छोरा र एक छोरीको हत्यापछि आफूले आत्महत्या गरेका छन् । हरियाणाको गुरुग्राममा सोमबार बिहान यो हत्याकाण्ड भएको हो ।
डाक्टर प्रकाश सिंहले श्रीमती र छोराछोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी खटिएको छ । घटनाको अनुसन्धान सुरु भएको छ । – एजेन्सी