अमेरिकाको हवाईमा विमान दुर्घटना, ११ जनाको मृत्यु

ए वान डेस्क
८ असार २०७६, आईतवार १५:०८

अमेरिकाको हवाई राज्यमा शुक्रवार एक सानो विमान दुर्घटना हुँदा त्यसमा सवार ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

स्काईडाइभिङ गर्ने यात्रुहरू बोकेको विमान दुर्घटनाग्रस्त भएर विस्फोट भएको थियो ।

बीचक्राफ्ट बीई६५ ट्विन इन्जिन विमान शुक्रवार साँझ डिल्लिंघम एयरफील्डबाट उड्ने क्रममा दुर्घटनामा परेको संघीय उड्डयन प्रशासनले जनायो । 

अधिकारीहरूले दुर्घटनामा परेका यात्रुहरूको नाम सार्वजनिक गरेका छैनन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानबाट आकाशमा हाम्फाल्ने उद्देश्य लिएका यात्रुहरू त्यसमा सवार थिए । दुर्घटना शुक्रवार साँझ ६ः३० मा भएको थियो । धावनमार्गको एक पर्खालमा विमान ठोक्किन पुगेको थियो ।

सीएनएनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*