इरानमाथि हवाई हमला गर्न ट्रम्पको आदेश

ए वान डेस्क
६ असार २०७६, शुक्रबार १६:१८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश दिएको खुलेको छ । इरानले अमेरिकी ड्रोन खसालिदिएपछि आक्रोशित ट्रम्पले बिहिबार साँझ हवाई हमलाको निर्देशन दिएका थिए ।

अमेरिकी सुरक्षा अधिकारीलाई उदृत गर्दै टाइम म्यागाजिनले जनाएअनुसार आक्रमणको निर्देशन दिएपछि अमेरिकी सैन्य विमान र युद्धपोतहरु तयारी अवस्थामा थिए ।

आक्रमण राष्ट्रपति ट्रम्पबाट अनुमोदन भइसक्दा अमेरिकाले केही घन्टामा आक्रमण गर्दै थियो । तर, तयारी भइसक्दा अचानक स्थगित गरिएको थियो । ट्रम्पले अनुमोदन गरिसकेको आक्रमणको तयारी एकाएक रोकिनुको कारणबारे खोजी भइरहेको छ । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*