६ रेक्टरको भूकम्पमा १२ जनाको ज्यान गयो, १२२ घाइते

चीनको सिचुआन प्रान्तमा सोमवार राति दुईवटा शक्तिशाली भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
पहिलो भूकम्प ६ म्याग्निच्युडको थियो र त्यो सोमवार राति ११ः५५ मा गएको थियो । त्यसले चाङनिङ काउन्टीको यिबिन शहरलाई हल्लाएको थियो ।
प्रान्तभरि मृत्यु र घाइतेको समाचार सार्वजनिक भएको छ ।
यिबिनका जनताले भूकम्प गएको आधी घन्टापछि परकम्पन आएको बताए । ‘म घरमा आराम गरी बसिरहेको बेलामा भूकम्प गएको थियो,’ चेन होङशियाले बताइन् । उनी चाङनिङ काउन्टीमा रहेको एक आवासीय भवनको १६औं तल्लामा बस्छन् । ‘झुण्डिएको बत्ती र फर्निचर बेस्सरी हल्लिए । मेरो परिवार पहिला त शौचालयमा लुक्यो अनि पछि बाहिरतिर दौडियो ।’ उनले धेरै छिमेकीहरू पनि भुइँतल्लातिर दौडिएको बताइन् ।
त्यसै क्षेत्रका हु युकुनले पनि निकै ठूलो भूकम्प आएको बताए ।
प्रान्तीय राजधानी छङ्दुमा भूकम्प आउनुभन्दा एक मिनेटअघि चेतावनी जारी गरिएको थियो । चेतावनीको काउन्टडाउन सकिनेबित्तिकै भूकम्पको झड्का अनुभव गरिएको थियो ।
– एजेन्सी