२०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापनाको तयारी

ए वान डेस्क
२ असार २०७६, सोमबार १३:१७

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को अगुवाईमा दुई ओटा नयाँ सौर्य ऊर्जा प्लान्ट स्थापना गरिने भएको छ । योसँगै भारतमा २०० मेगावाट विद्युत उत्पादन गर्न भेल सक्षम हुनेछ ।

भातरीय एनटीपीसी लिमिटेड र गुजरात स्टेट इलेक्ट्रिसिटी कर्पोरेसन (जीसेल) बाट भेलले करीब ८ सय करोड भारतीय रुपयेका दुई परियोजना सञ्चालन गर्नेछ । एनटीपीसीले तेलंगानाको रामागुन्डाममा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्दैछ । जीसेलले पनि गुजरातको बानसकन्थ जिल्लामा १०० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्नेछ । यी दुबै प्लान्ट भेलले स्थापना गर्नेछ ।

भेलले इन्जिनियरिङ, खरीद र निर्माणका कार्यहरु गर्नेछ । भेलले लक्षद्विप समेत देशका अन्य भेगमा गरी ५०० मेगावाटभन्दा बढीका सौर्य ऊर्जाका प्लान्ट स्थापना र सञ्चालन गरिआएको छ । भेलले जारी गरेको विज्ञप्तिमा मुलुकमा हरित ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरेको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*