भारतमा आँधीबाट कम्तिमा ३५ जनाको मृत्यु

ए वान डेस्क
४ बैशाख २०७६, बुधबार १५:५३

भारतमा मंगलबार रातिदेखिको बेमौसमी वर्षासँगै आएको आँधीले ३५ जनाभन्दा धेरै मानिसको ज्यान गएको छ ।

मृत्यु हुनेमध्ये धेरै उत्तरी गुजरातका रहेको भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

“उनीहरुको चट्याङ र ढलेका रुखहरुले च्यापेर मृत्यु भएको छ”, गुजरातका राहत निर्देशक जीपी मंगलपाराले भनेका छन् ।

आँधी र चट्याङकै कारण मध्य प्रदेशमा १० जनाको मृत्यु भएको छ । राजस्थानमा पनि क्षति पुगेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित प्रत्येक परिवारलाई राहतस्वरुप दुई लाख प्रदान गर्ने घोषणा गरेका छन् । उनले घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार दिइने पनि बताएका छन् ।

“प्राधिकरणले यो अवस्था नजिकबाट निगरानी गरिरहेको छ,” ट्वीटमार्फत मोदीले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*