श्रीलंकामा सुख्खा मौसमका कारण ५० हजार प्रभावित

ए वान डेस्क
१९ चैत्र २०७५, मंगलवार १३:१५

लम्बो । श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् । देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन देखि सुख्खा मौसम रहेको छ ।

सवै भन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर पहाडी क्षेत्रमा लामो समयदेखि बर्षा नहुदा पानीको अभाव हुन थालेकोले जनजीवन प्रभावित भएको उनीहरुको भनाई छ ।

प्रकोप व्यवस्थापन केन्द्रका उप निर्देशक प्रदिप कोडिप्पीलीले सुख्खाबाट प्रभावित क्षेत्रमा बस्नेहरुका लागि पानी वितरण गर्ने उपकरणहरु पठाइएको जानकारी दिए । प्रभावित क्षेत्रका बासिन्दालाई यस्तै मौसम रहेसम्म घरभित्रै बस्न र विषेश ख्याल गर्न आग्रह गरिएको पनि उनले बताए ।

मौसम विभागले दिएको पछिल्लो विवरण अनुसार अहिले सुख्खापना थप बढ्दै गएको छ । आगामी केही दिन अझै सुख्खा हुने देखिएको विभागको अनुमान छ । त्यस क्षेत्रको तापक्रम ४१ डिग्रि सेल्सीयस पुग्ने मौसम अधिकारीहरुले अनुमान गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*