परमाणु सम्झौताबाट पछाडी नहट्न इयुको अमेरिकालाई आग्रह

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार ०८:४९

युरोपेली संघ इयुले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको छ । सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको भन्दै इयुले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको हो ।

इरानको परमाणु कार्यक्रमका बारे सन् २०१५ मा भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय लिनसक्ने बताइरहेका बेला इयुको त्यस्तो आग्रह आएको बीबीसीले जनाएको छ ।

युके, फ्रान्स र जर्मनी लगायत युरोपेली संघले इरानसँग भएको परमाणु सम्झौताप्रतिको आआफ्नो समर्थन दोहोर्‍याएका छन् । झण्डै तीन वर्ष पुरानो सम्झौता अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित तुल्याउने प्रतिवद्धता जनाएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*