जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फुटबल क्लब फाईनलमा प्रवेश, भरपुर स्तब्ध

ए वान डेस्क /
मच्छिन्द्र फुटबल क्लब बाराको सिमरामा जारी १५औ जीतपुरसिमरा गोल्डकप २०८१ को फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आज भएको पहिलो सेमिफाईनल खेलमा हानामी बिएफसी भरपुरलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाईनलमा प्रवेश गरेको हो ।
मच्छिन्द्रको जितमा अनिल राना मगरले निर्णायक गोल गरेका थिए । खेलको ६७औ मिनेटमा अनिलले गरेको गोल नै मच्छिन्द्रको जितमा निर्णायक बन्न पुग्यो । प्रतियोगिता अन्र्तगत रेजिन सुब्बा म्यान अफ द म्याच घोषित भए । उनलाई ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायव उपरीक्षक सुभद्रा वाईबाले म्यान अफ द म्याचको ट्रफि प्रदान गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोलि अन्तिम सेमिफाईनल खेल हुनेछ । फाईनल प्रवेशका लागी भोलि आयोजक नव जनजागृती युवा क्लब सिमरा र हिमालयन शेर्पा क्लबबिचको खेल हुनेछ ।
दुई टिम बिचको फाईनल खेल साझ ६ बजेदेखि शुरु हुने आयोजक नव जनजागृती युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो । चैत्र २२ गतेदेखि शुरु भएको प्रतियोगिता चैत्र २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।