दोश्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिता : बकुलिया सेमिफाईनलमा, आज भिड्दैछन यी टिम

ए वान डेस्क
२५ चैत्र २०८१, मंगलवार १४:११

ए वान डेस्क /

बकुलिया भेट्रान क्लब जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी दोश्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिता २०८१ को सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार डुमरवाना खेल मैदानमा भएको पहिलो क्वाटरफाईनल खेलमा सगरमाथा युवा क्लब बगही भेट्रानलाई पराजित गर्दै बकुलिया सेमिफाईनलमा प्रवेश गरेको हो ।

अब फाईनल प्रवेशका लागी बकुलियाले आयोजक डुमरवाना भेट्रान क्लबको टिम ए संग पहिलो सेमिफाईनल खेल खेल्नेछ । यसैगरी सोमबार भएको दोश्रो खेलमा बिरगञ्ज सिटि भेट्रान बिजयी भएको छ । निजगढ भेट्रान क्लब बारालाई पराजित गर्दै बिरगञ्जले प्रतियोगितामा विजयी शुरुवात गरेको हो । प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदैछ ।

पहिलो खेल दिउसो ३ बजे नागसोति भेट्रान क्बल हेटौडा र सिमरा भेट्रान क्लब सिमराको बिचमा हुनेछ । यसैगरी दोश्रो खेल दिउसो ४ बजे नव जनजागृती भेट्रान क्लब सिमरा र बिरगञ्ज सिटि भेट्रानबिच खेल हुने आयोजक डुमरवाना भेट्रान क्लबका अध्यक्ष मनोज चौधरीले जानकारी दिनुभयो । प्रतियोगिता अवधीभरका लागी सन्तुष्टि होटल डुमरवानाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेको छ ।

यसैगरी मौसम गोल्डले चियापत्ती र सहकार्य डेरीले आधा केजिको घ्यु प्रतियोगिता अवधीभरका लागी प्रदान गरेको छ । चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार पाउनेछन् । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उमपहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*