दोश्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिता : आज नव जनजागृती सिमरा र बगही पर्सा विजयी

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी दोश्रो डुमरवाना भेट्रान फुटबल प्रतियोगिता २०८१ आज सगरमाथा युवा क्लब बगही भेट्रान पर्सा र नव जनजागृती भेट्रान क्लब सिमरा विजयी भएको छ ।
डुमरवाना भेट्रान क्लबको आयोजनामा जारी खेलको दोश्रो दिन बगही पर्सा र नवजनजागृती सिमरा विजयी भएको हो । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा न्यु युनिक क्लब खैर्वा भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युवा क्लब बगही भेट्रान पर्सा विजयी भएको थियो ।
यसैगरी दोश्रो खेलमा आयोजक डुमरवाना भेट्रान बिलाई २–१ ले पराजित गर्दै नव जनजागृती भेट्रान क्लब सिमराले विजयी शुरुवात गरेको थियो । प्रतियोगिता अन्र्तगत सिमराका रनबहादुर खत्री म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक डुमरवाना भेट्रान क्लबका पुर्व अध्यक्ष भरत प्रसाद पौडेलले ट्रफी प्रदान गरेका थिए ।
प्रतियोगिता अवधीभरका लागी सन्तुष्टि होटल डुमरवानाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेको छ । यसैगरी मौसम गोल्डले चियापत्ती र सहकार्य डेरीले आधा केजिको घ्यु प्रतियोगिता अवधीभरका लागी प्रदान गरेको छ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक डुमरवाना भेट्रान ए र त्रीशुल क्लब बकुलिया भेट्रान विजयी भएको थियो । पहिलो खेलमा बिकासशिल भेट्रान क्लब सिमरालाई बकुलियाले पराजित गरेको थियो । दोश्रो खेलमा श्री लक्ष्मीनाथ भेट्रान क्लब सर्लाहीलाई पराजित गर्दै आयोजक डुमरवाना भेट्रान ए विजयी भएको थियो ।
यसअघि प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले गर्नुभएको थियो । चैत्र ३० गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख र उप बिजेताले ५० हजार पाउनेछन् । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको मुख्य सहयोगी संस्थामा जीतपुरसिमरा उमपहानगरपालिकाको कार्यालय र वडा नम्बर १५ को कार्यालय रहेको छ ।