होलि गार्डेन पथलैयाले उचाल्यो अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिताको उपाधी

ए वान डेस्क
५ फाल्गुन २०८१, सोमबार १८:३७

ए वान डेस्क /

अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिताको उपाधी होलि गार्डेन ई. बोर्डिङ स्कुल पथलैयाले उचालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चारपाते खेल मैदानमा आज भएको फाईनल खेलमा सिमरा पब्लिक ई. बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै होलि गार्डेनले उपाधी उचालेको हो ।

बिजेता र उप बिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने लगायतले ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । एन प्याब्सन जितपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सह आयोजनामा भएको प्रतियोगितामा नगरभित्र ८ वटा निजि बिद्यालयको सहभागिता रहेको थियो ।

राष्ट्रिय बिभुती सामुदयिक शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रिन्सिपल किशोर श्रेष्ठले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*