अन्तर बिद्यालय महिला फुटबल प्रतियोगिता : उपाधीका लागी सिमरा पब्लिक र होलि गार्डेन भिड्ने

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी अन्तर बिद्यालय स्तरिय महिला फुटबल प्रतियोगिता २०८१ को फाईनल खेल भोलि हुदैछ । उपाधीका लागी सिमरा पब्लिक ई. बोर्डिङ स्कुल र होलि गोर्डेन ई. बोर्डिङ स्कुल भिड्दैछन् ।
एन प्याब्सन जितपुरसिमराको आयोजना तथा राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको सह आयोजनामा चारपाते खेल मैदानमा जारी प्रतियोगितामा सिमरा पब्लिक र होलि गार्डेनले फाईनलको स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो सेमिफाईनल खेलमा राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदन डुमरवानालाई ३ ० गोल अन्तरले पराजित गर्दै होलि गार्डेन विजयी भएको थियो ।
यसैगरी दोश्रो सेमिफाईनल खेलमा साना किसान शिक्षा सदनलाई ३ ० गोल अन्तरले पराजित गर्दै सिमरा पब्लिक ई. बोर्डिङ स्कुल विजयी भएको हो । दुई टिमबिचको फाईनल खेल भोलि बिहान ११ बजेदेखि शुरु हुने सह आयोजक राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाका प्रिन्सिपल सागर ठाडा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा नगरभित्रका ८ वटा निजि बिद्यालयको सहभागिता रहेको थियो ।