जीतपुरसिमरा ६ मा वडा कार्यालयको शिलन्यास

ए वान डेस्क
४ फाल्गुन २०८१, आईतवार १९:५२

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको शिलन्यास गरिएको छ । आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देवनारायण चौधरीले वडा कार्यालयको शिलन्यास गर्नुभएको हो ।

चौधरीले बिधिवत रुपमा पुजाआजा गरेर भवनको शिलन्यास गर्नुभएको हो । शिलन्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, वडा ६ का वडा अध्यक्ष कैमुद्धिन अंसारी लगायतको उपस्थिति रहेको थियो ।

नगौलमा भवन निर्माण गर्न समाजसेवी बदरुल होदा अंसारीले जग्गा दान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*