डुमरवाना क्रिकेट च्याम्पियसिप : आज चितवन र मकवानपुर भिड्दै

ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा जारी ५औ डुमरवाना क्रिकेट च्याम्पियनसिपमा आज चितवन र मकवानपुर भिड्दैछन् । प्रगतिशिल खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आज ईस्टन क्रिकेट संघ चितवन र मकवानपुर क्रिकेट संघबिच खेल हुन लागेको हो ।
दुई टिमबिचको खेल बिहान ११ बजेदेखि शुरु हुनेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक प्रगतिशिल युवा क्लबलाई १०५ रनले पराजित गर्दै मकवानपुरले विजयी शुरुवात गरेको थियो ।
प्रतियोगिताको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रगतिशिल युवा क्लबको आयोजनामा फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख र उप बिजेताले नगद ५० हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रायोजकमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ । प्रतियोगिताको सहयोगी संस्थामा मधेश प्रदेश क्रिकेट संघ, बारा जिल्ला क्रिकेट संघ र ब्रोडकाष्टिङ पार्टनरमा मधेश स्पोट्स रहेको छ ।