बारामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया गाँउका ३१ बर्षीय विजय महत्तो रहेका छन् ।
प्रहरीका अनुसार,बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर पुल नजिकै ना ३ त ८४१९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महत्तो गम्भीर घाइते भएका थिए ।
घाइते महत्तोको वीरगन्जको नेपाल मेडीसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश साापकोटाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनापछि ट्याक्टरका चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ ।