जीतपुरसिमरा २ मा खस आर्य समाज गठन

जीतपुरसिमरा उपमहानगरपालिका २ मा खस आर्य समाज गठन भएको छ । वडाबासीको शनिवार बसेको भेलाले शरद प्रसाद पराजुलीको अध्यक्षतामा समाजको १३ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमला कुमारी रिमाल अधिकारी, सचिवमा रामकुमार अर्याल, कोषाध्यक्षमा कमला घिमीरे, सहसचिवमा विरेन्द्र बास्कोटा, सदस्यहरुमा लक्ष्मण अधिकारी, राजेश उप्रेती, दिपा पौडेल, कृष्णकुमार रिमाल, सुर्य पौडेल, श्याम कार्की, अर्जुन लामिछाने र लक्ष्मण रानाभाट रहेका छन् ।
समाजको बरिष्ठ सल्लाहकारमा केदार प्रसाद गौतम र दिवाकर पौडेल रहेका छन् भने सल्लाहकारहरुमा नवराज अधिकारी, कृष्ण रिमाल, राजकुमार प्याकुरेल, बेदप्रसाद अधिकारी, हरि थपलीया, राम सिलवाल, उपेन्द्र चौरसिया र गंगा बस्नेत रहेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित छठीमाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका २ का विभिन्न संस्थाका प्रतिनिधी तथा स्थानीयबासीको उपस्थिती रहेको थियो ।