बाराका पूर्व गाविस सचिव अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर

ए वान डेस्क
७ माघ २०८१, सोमबार १७:१८

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक भवानीपुर जीतपुर गाविसका (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार उनले साविक भवानीपुर जीतपुर गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।

यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*