भारतको ७७औं स्वतन्त्रता दिवस आज, मोदीले लाल किल्लाबाट सम्बोधन गर्ने

भारतले आज ७७औं स्वतन्त्रता दिवस मनाउँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिएका छन् । उनले सोशल मिडिया प्लेटफर्म पहिले ट्विटरमा लेखेका छन्,‘ तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द !’
प्रधानमन्त्री नरेन्द्र मोदीले अगष्ट १५ का दिन बिहान ७.३० बजे लाल किल्लाबाट तिरंगा फहराउने छन् । त्यसपछि उनले परम्परा अनुसार राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । आज लाल किल्लाबाट प्रधानमन्त्री मोदीको लगातार १०औं सम्बोधन हुनेछ।
लाल किल्लामा हुने कार्यक्रममा सहभागी हुन देशभरबाट १८०० विशेष अतिथिलाई आमन्त्रण गरिएको छ । सरपंच, किसान उत्पादक संगठन योजनासँग सम्बद्ध व्यक्तिहरू, प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री कौशल विकास योजनाका सहभागीहरू, नयाँ संसद भवनलगायत केन्द्रीय भिस्टा आयोजनाका निर्माण मजदुरहरू पर्छन् ।