अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा १६ जनाको मृत्यु, ३२ घाइते

ए वान डेस्क
२९ आश्विन २०७८, शुक्रबार १८:४८

अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गएको छ।

शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो। घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ।

इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा असरल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*