भारतमा लगातार चौथो दिन कोरोना संक्रमित ४० हजार बढी, केरलमा कर्फयू

ए वान डेस्क
१३ भाद्र २०७८, आईतवार ०९:३५

भारतमा लगातार चौथो दिन कोरोना संक्रमित ४० हजार भन्दा बढी थपिएका छन् । यसरी निरन्तर संक्रमित बढ्दै गएपछि तेस्रो लहरको नजिक रहेको पनि बताइन्छ । कोरोना संक्रमित बढेसँगै केरलमा कर्फयू जारी गरिने भएको छ ।

केरलमा अर्को हप्तादेखि कर्फयू लगाउने बताइएको हो । केरलमा दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिँदै गएपछि रात्रिकालीन कर्फयू लगाइएको हो । केरलमा शनिबार ३१ हजार २६५ संक्रमित थपिए । जबकि भारतभर शनिबार ४५ हजार ५० संक्रमित थपिएका छन् ।

योसँगै सक्रिय संक्रमित बढेर ३ लाख ६२ हजार ४२४ पुगेका छन् । जबकि यो संख्या तीन लाखमा झरेको थियो । सक्रिय संक्रमितमध्ये केरलका मात्रै २ लाख ४ हजार ९२३ जना हुन् ।

शनिबार ३५ हजार ८०५ जनालाई निको भएको छ । शनिबार ४५७ जनाको ज्यान गएको छ । अहिलेसम्म ४ लाख ३७ हजार ८६० जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*