३६ घन्टाभित्र काबुल विमानस्थलमा पुनः हमला हुनसक्ने बाइडेनको चेतावनी

ए वान डेस्क
१३ भाद्र २०७८, आईतवार ०८:५७

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी २४ देखि ३६ घन्टाभित्र अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा पुनः हमला हुनसक्ने चेतावनी दिएका छन् ।

उनले अफगानिस्तानको अवस्था धेरै खतरनाक बनेको भन्दै विमानस्थलमा आक्रमणको खतरा रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रा कमाण्डरले मलाई आगामी २४ देखि ३६ घन्टाभित्र पुनः हमला हुनसक्छ ।’ उनले आफूले राष्ट्रिय सुरक्षा टिम र त्यहाँ तैनाथ कमाण्डरसँग छलफल गरेको जानकारी पनि दिएका छन् ।

सो बैठकमा शुक्रबारराति अफगानिस्तानको आतंकवादी संगठन आईएसआईएस–के को अखडामा गरेको हमलाका विषयमा समेत छलफल भएको थियो ।

बाइडेनले अमेरिकी सेनामाथि आक्रमण गर्नेको लगातार पिछा गर्ने र सजाय दिने पनि बताए । उनले अमेरिका र अमेरिकी सैनिकमाथि जोसुकैले हमला गरे पनि उसलाई जवाफ दिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*