तालिवानसँग डराएर देश छोड्दा विमानको चक्कामा लुकेका ३ यात्रु खसे

आइतबार राति विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेहरुको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ । तालिवानीहरुले देश नै नियन्त्रणमा लिएपछि अफगानी नागरिकहरुले देश छाड्न थालेका छन् ।
विमानस्थलमा देश छाड्ने मानिसहरुको बाक्लो भीड देखिन्छ। विमान चढ्नका लागि मानिसहरुको दौडधुप गरेका छन् । मानिसहरु ज्यान नै जोखिममा राखेर विमान चढेका छन् ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा, गोली चल्दा कम्तीमा ३ जनाको ज्यान गयोकाबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा, गोली चल्दा कम्तीमा ३ जनाको ज्यान गयो
यसैक्रममा सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको छ । सैन्य जहाजको चक्कामा लुकेका यात्रुहरु विमान उड्ने बित्तिकै खसेका छन् । सार्वजनिक भिडियोमा पनि विमानबाट मानिसहरु खसेको देखिन्छ ।