तालिबानद्वारा अफगानिस्तानको तेस्रो ठूलो सहर कब्जा

ए वान डेस्क
२९ श्रावण २०७८, शुक्रबार ०८:२९

एजेन्सी। तालिबानले अफगानिस्तानको तेस्रो ठूलो सहर हेरात कब्जामा लिएको छ। पछिल्लो केही दिनयता तालिबानले कब्जामा लिएको यो अफगानिस्तानको ११औं प्रान्तीय राजधानी हो।स्थानीयबासी तथा मिडियाकर्मीका अनुसार तालिबानको भिषण आक्रमणपछि सरकारी सुरक्षा फौज पछि हटेको हो ।

बिहीबार तालिबानले गजनी प्रान्तको राजधानी गजनीलाई कब्जामा लिएका थिए जुन देशको राजधानी काबुलभन्दा मात्र १३० किलोमिटर टाढा छ।तालिबानले हेरातलाई कब्जमा लिँदा अफगानी सरकारलाई ठूलो क्षति भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*