भारतमा कोरोना भाइरसबाट पहिलो पटक मानिसको मृत्यु

ए वान डेस्क
३० फाल्गुन २०७६, शुक्रबार ०९:१३

भारतमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । ७६ वर्षीय एक संक्रमितको मंगलबार मृत्यु भएको हिजो साँझ सार्वजनिक भएको हो ।

इन्डियन एक्सप्रेसका अनुसार हैदराबादबाट आफ्नो घर कालाबुरागी जाँदै गर्दा ती व्यक्तिको बाटोमा मृत्यु भएको खुलेको हो । ती व्यक्ति संक्रमित भएको पत्ता लागेको थियो । ती व्यक्ति साउदी अरेबियामा तीर्थयात्राबाट फर्किएका थिए ।

२९ फेब्रुअरीमा हैदरवादमा उत्रिएका ती व्यक्तिलाई ६ मार्चबाट कोरोना भाइरसको लक्षण देखिएको थियो । ९ मार्चमा अस्पताल लगिएपछि उनलाई कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो ।

यसैगरी, भारतमा संक्रमितको संख्या ७४ पुगेको छ । तीमध्ये उत्तर प्रदेशमा ११ जनामा संक्रमण भेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*