करेन्ट लागेपछि २० मिनेटसम्म मरे यी व्यक्ति, पछि दुरुस्त

अमेरिकाको मिशिगनमा बस्ने माइकल ट्रुइट करेन्ट लागेपछि ढले । प्यारामेडिकहरूलाई उनीकहाँ आइपुग्न चार मिनेट लाग्यो ।
तर उनीहरू आइपुग्दा उनी बाँच्ने सम्भावना अत्यन्तै झिनो थियो ।
उनको मुटु चल्न छोडिसकेको थियो र अस्पतालमा डिफिब्रिलेटलरको झड्काले पनि मुटुलाई बौराउन सकेको थिएन ।
तर २० मिनेटपछि भने उनी होशमा आए ।
करेन्टपछिको असर भनेको माइकलका गोडाका औंलाले केही महसूस गर्दैनन् । तिनै औंलामा करेन्ट लागेको थियो ।
उनको मस्तिष्क पनि सहीसलामत छ ।
‘उनी होशमा आएपछि हल्क जस्तो बनेका थिए, रेलिङ समात्ने अनि बल लगाएर बेड हल्लाउने । माइकललाई समात्नका लागि केयर टोली नै खटिनुपरेको थियो,’ क्लिनिकल नसै यास्मीन बाचिरले अस्पतालको ब्लगमा लेखिन् ।
एजेन्सी