भारतमा गर्मीले ७१ जनाको मृत्यु

भारतको बिहारमा प्रचण्ड गर्मी र लू का कारण ७१ जनाको मृत्यु भएको छ। औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीले ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन्। अधिकारीहरुका अनुसार औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु भएको छ।
बिहार सरकारले गर्मीका कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ। तर जिल्ला अस्पतालहरूले गर्मीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् ।
सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ। त्यस्तै बिहारमै सुख्खा खोकीका कारण ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। खोकीबाट हिजो मात्रै २० बालबालिकाको मृत्यु भएको छ।
खोकीका कारण केही समययता मात्रै एक सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ। – एजेन्सी