तेल ट्यांकरमा विस्फोट, अमेरिका र इरानबीच वाकयुद्ध

ए वान डेस्क
३१ जेष्ठ २०७६, शुक्रबार ११:३९

ओमानमा र ईरानको बीचमा पर्ने समुद्रमा दुई तेल ट्यांकरमा भएको विस्फोटलाई लिएर अमेरिका र ईरानबीच वाकयुद्ध सुरु भएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ओमानको खाडीमा भएको तेल ट्यांकरमा विस्फोटका लागि ईरानलाई जिम्मेवादार बताएका छन्।

उनले अमेरिकालाई उक्साउनका लागि उक्त विस्फोट इरानले गरेको बताएका छन्। उनले यसको जिम्मेवारी पनि ईरानले लिनुपर्ने बताएका छन्। उक्त विस्फोटमा प्रयोग भएका हतियारलाई लिएर गुप्तचर संयन्त्रको सूचनाका आधारमा अमेरिकाले ईरानको संलग्नता रहेको बताएको हो। यता ईरानका अधिकारीहरूले भने उक्त विस्फोटमा आफ्नो मुलुकको कुनै पनि सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकाले लगाएका आरोपलाई ईरानले खारेज गरिदिएको छ। बिहीबार बिहान ती दुई तेल ट्यांकरमा हमला भएको थियो। जापानको स्वामित्व रहेको एक र अर्को नर्वेको ट्यांकरमाथि हमला भएको थियो। तेल ट्यांकरमा विस्फोट भएपछि त्यहाँ रहेका दर्जनौँ कर्मचारीलाई सकुशल उद्दार गरिएको थियो।

अमेरिका र ईरान दुवै मुलुकले आफूले ती कर्मचारीको उद्दार गरेको बताएका छन्। यता अमेरिकी सेनाले भने उक्त घटनासम्बन्धि एक भिडियो जारी गर्दै शुक्रबार फेरि ईरानमाथि आरोप लगाएको छ। भिडियोमा ईरानी रिभोल्युसनरी गार्ड्सले ट्यांकर हमलामा प्रयोग भएका हतियार निकालेको बताएको छ। – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*