If Iran wants to fight, that will be the official end of Iran. Never threaten the United States again!
इरानलाई सिध्याइदिने ट्रम्पको चेतावनी

अमेरिका र इरानबीच युद्धको सम्भावना बढेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध लड्न चाहेको हो भने उसको अन्त्य हुने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो ट्विटरमार्फत इरानलाई यस्तो धम्की दिएका हुन् । ‘यदि इरानले युद्ध चाहेको हो भने उसको आधिकारिक अन्त्य हुनेछ । अमेरिकालाई फेरि धम्की नदिनू’, ट्रम्पले ट्विटरमा लेखेका छन् ।
अमेरिकाको एक गुप्तचर निकायलाई प्राप्त रिपोर्टपछि दुवै देशबीच सैन्य टकरावको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो ।
अमेरिकी गुप्तचर निकायका अनुसार इरान अमेरिकाका महत्वपूर्ण संस्थान तथा सम्पत्तिलाई निशाना बनाएर हमला गर्न सक्छ । – एजेन्सी