भारतमा लोकसभा चुनाव अन्तर्गत पाँचौ चरणको मतदान आज

ए वान डेस्क
२३ बैशाख २०७६, सोमबार ११:२५

भारतमा लोकसभाको पाँचौ चरणको चुनाव सुरु भएको छ । सातवटा राज्यका ५१ सिटका लागि मतदान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर, राजस्थान र मध्य प्रदेशमा चुनाव सुरु भएको हो । सोमबार चुनाव भइरहेका क्षेत्रमा कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, नेतृ सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द«ीय मन्त्री स्मृती इरानी राज्यवर्धन सिंह राठौरलगायत उम्मेदवार छन् ।

५१ सिटका लागि ६ सय ७४ उमेद्वार छन् । सोमबारको चुनावपछि लोकसभाको ४ सय २४ सिटको मतदान सकिनेछ । भारतमा सात चरणमा लोकसभा चुनाव हुँदैछ । अन्तिम चरणको चुनाव मे १९ मा हुनेछ । – एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*