श्रीलंकामा विस्फोट गराउने ८ आइएस लडाकुको तस्वीर सार्जजनिक

श्रीलंकामा श्रृंखलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ ।
आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो ।
ट्वीटमार्फत सार्वजनिक तस्वीरमा देखिएका ८ जना लडाकुले नै आक्रमण गराएको दावी गरिएको छ । तस्वीर ट्विटर ह्यान्डल २ल्बतकभअवभाा बाट सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कालो कपडा लगाएका उनीहरु मध्ये एक जनाले मुख छोपेका देखिन्नन् ।
यसअघि ‘अमाक न्युज एजेन्सी’लाई उद्धृत गर्दै ‘रोयटर्स’ले आक्रमणको जिम्मेवारी आइएसले लिएको जनाएको थियो ।
श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि घटना आइएसले गराएको हुनसक्ने बताएका थिए । यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको आशंका गरेको थियो ।
आइतबार राजधानी कोलम्बो, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएको विस्फोटमा ३ सय २१ जना मारिएका थिए । पाँच सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा ४५ जना विदेशी नागिरक पनि छन् ।
आइतबार बिहान र दिउँसो गिर्जाघर र होटलमा गरी ८ स्थानमा विष्फोट गराइएको थियो । श्रीलंका सरकारले भने सोमबार मध्यरातदेखि संकटकाल पनि लगाइएको छ । मंगलबार राष्ट्रिय शोक घोषणा गरिएको थियो ।
प्रहरीले हालसम्म ४० जना सन्दिग्धलाई पक्रेको छ । (एजेन्सीहरु)